Comments Add Comment

उच्चस्तरको नेपाल भ्रमणबारे चीनले भन्यो : आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा दृढ छौं

१३ पुस, काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध रहेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति दृढ रहेको । चीनले नेपालका सबै राजनीतिक दलहरुसँग नजिकको र मित्रवत सम्बन्ध बनाएको छ ।’

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणको बारेमा सोधिएको प्रश्नमा उनले भ्रमण महामारी नियन्त्रण र अन्य चासोका विषयमा केन्द्रित रहेको बताउँदै आफूहरु हस्तक्षेप नगर्ने नीतिप्रति प्रतिवद्ध रहेको बताए ।

आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग भेट गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले पारस्परिक राजनीतिक विश्वास, व्यवहारिक सहकार्यको प्रवर्द्धन र दुई देशको विचमा रहेको परम्परागत सम्बन्धलाई अगाडि बढाउन सकारात्मक भूमिका खेलेको समेत उनले उल्लेख गरेका छन् । उनले नेपाल र चीन सम्बन्धलाई अगाडि बढाउन नेपालका सबै राजनीतिक दलहरुसँग काम गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment