
१३ पुस, पोखरा । नेकपाको प्रचण्ड-माधव समूहले गण्डकी प्रदेशमा सरकार गठनबारे अरु दलसँग छलफल गर्ने भएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली समूहमा छन् । र, प्रचण्ड-माधव समूहसँग अविश्वासको प्रस्ताव दर्ताका लागि चाहिने सांसद समते छैनन् ।
त्यसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता नगरेको यो समूहले सम्भावित समीकरणबारे दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
६० सदस्यीय प्रदेशसभामा नेकपाका ४० प्रदेशसभा सदस्य थिए । उनीहरुमध्ये २७ जना ओली समूहका छन् भने १३ जना प्रचण्ड माधव समूहका छन् । तीन सांसद भएको राष्ट्रिय जनमोर्चाले गण्डकीमा ओली समूहलाई साथ दिने बताएको छ ।
अब सरकार टिकाइराख्न मुख्यमन्त्री गुरुङलाई एक सांसद चाहिन्छ । तर प्रचण्ड-माधव समूहले वैकल्पिक समीकरणका लागि सबै दलसँग छलफल गर्ने भएकाले अझै अन्यौल कायम देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4