Comments Add Comment

मल अभावका बीच धान उत्पादन अहिलेसम्मकै उच्च

१४ पुस, काठमाडौं । धान रोपेपछि किसानले मलको चरम अभाव झेले पनि देशभर चैते र वर्षे धानको उत्पादन भने उल्लेख्य वृद्धि भएको छ ।

यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ जुन गत वर्षभन्दा ७० हजार ८३१ टन बढी हो ।

यो वर्षको धानको उत्पादकत्व पनि हालसम्मकै उच्च ३.८२ पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । यो वर्ष धान उत्पादन हुने क्षेत्रफल पनि १४ हजार ५ सय ५९ हेक्टरले बढेर १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर पुगेको पनि मन्त्रालयले जनाएको छ ।

धानको भकारी मानिने प्रदेश २ मा यो वर्ष सबैभन्दा धेरै १४ लाख ३२ हजार मेट्रिकटन धान फलेको छ । दोस्रो धेरै धान उत्पादन प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार मेट्रिक टन छ । यो वर्ष सबैभन्दा थोरै धान कणर्ाली प्रदेशमा फलेको मन्त्रालयले जनाएको छ । उक्त प्रदेशमा १ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।

मल अभाव भए पनि कोरोनाका कारण सहरबाट फर्किनेहरु खेतीमा लाग्दा खेतीयोग्य क्षेत्रफल बढेको तथा समयमै मनसुन सुरु हुँदा धानको उत्पादनमा वृद्धि भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. घिमिरे बताउँछन् । मनसुन समयमा नै सुरु भएर यसपालि पर्याप्त पानी परेका कारण पनि धान उत्पादन बढेको मन्त्रालयले जानकारी दिएको छ ।

समयमा नै धान रोपिएमा उत्पादन बढ्ने गर्दछ । साथै, कोरोनाको कारण वैदेशिक रोजगारीमा गएका युवा र्फकेको र शहरमा नै रहेका युवा गाउँ गएर रोपाइँ गरेकाले धान खेतीको क्षेत्रफल समेत बढेको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment