+

पुस २० देखि कोहलपुर ओपन क्रिकेट हुने

२०७७ पुष  १४ गते ८:१८ २०७७ पुष १४ गते ८:१८
पुस २० देखि कोहलपुर ओपन क्रिकेट हुने

१४ पुस, कोहलपुर । शारदा एजुकेसन पार्कको आयोजनामा यही पुस २० गतेदेखि २८ गतेसम्म बाँकेको कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।

आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको अधिकारिक घोषणा गरेको हो । प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्ने छ। बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने प्रतियोगितामा देशभरका बिभिन्न शहरका टिमहरु सहभागी हुनेछन् ।

लुम्बिनी प्रदेश लगायत काठमाडौँ, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत जस्ता विभिन्न स्थानका १६ टोलीहरु नकआउट प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक विनायक गिरिले जानकारी गराए । ‘पछिल्लो समय देशमै तथा कोहलपुर क्षेत्रमा क्रिकेट गतिविधिहरु कम छ त्यसैलाई मध्यनजर गर्दै तथा स्थानीय प्रतिभाहरुलाई एक्सपोजर प्रदान गर्न पनि प्रतियोगिता आयोजना गर्न अघि बढेका हौँ। कोहलपुर सहरलाई पनि खेल मार्फत पनि अघि बढाउदै ‘कोहलपुर क्रिकेट टुर्नामेन्ट’लाई प्रदेशकै उत्कृस्ट प्रतियोगिता बनाउने उद्देश्य पनि हो। त्यसैले स्तरीय प्रतियोगिता आयोजना गर्न स्थानीय युवाहरु प्रतिवद्ध भएर अघि बढेका हौँ,’ गिरिले बताए।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान र उत्कृस्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका खेलहरु कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

आयोजक शारदा एजुकेसन पार्कका प्रमुख रोनिस गौतमले आफ्नो संस्थाले खेलकुदलाई प्रवर्द्धन गर्दै आएको बताउँदै यसलाई निरन्तरता समेत दिने बताए । ‘शारदा एजुकेशन पार्कले शिक्षा, खेलकुद लगायत नेपालको कला, जातजाति, धर्म तथा पर्यटन प्रवर्द्धन गर्ने किसिमको काम गर्दै आइरहेको छ । यो संस्थाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा युवा युवतीहरुलाई स्वावलम्बी बनाइसकेको छ जसलाई आगामी दिनमा पनि निरन्तरता दिने छौँ,’ गौतमले बताए ।

कोहलपुर ओपन क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय