Comments Add Comment

चिनियाँ टोलीले भेट्यो बाबुराम भट्टराईलाई

१४ पुस, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको छ ।

अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए ।

यो सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल-चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उनले उल्लेख गरेका छन् ।

हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि उनले स्पष्ट पारे ।

भेटमा उनले अध्यक्ष भट्टराईसँग नेपाल-चीनको आर्थिक विषयबस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभुति भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment