Comments Add Comment

दोस्रो टेष्टमा भारत ८ विकेटले विजयी

१४ पुस, काठमाडौं । भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट ८ विकेटले जितेको छ । जितका लागि अष्ट्रेलियाबाट पाएको ७० रनको सामान्य लक्ष्य भारतले १५.५ ओभर खेलदै २ विकेट गुमाएर पूरा गरेको हो ।

बोर्डर गावास्कर ट्रफी अन्तर्गतको पहिलो टेष्ट अष्ट्रेलियाल ८ विकेटले नै जितेको थियो । दोस्रो टेष्ट जित्दै भारतले चार खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

मेलवर्न क्रिकेट ग्राउण्डमा घरेलु टोली अष्ट्रेलिया दोस्रो इनिङ्समा २०० रनमा अलआउट भएपछि भारतले ७० रनको सामान्य लक्ष्य पाएको थियो । भारतलाई जित दिलाउन शुभमन गिलले ३५ र कप्तान अजिन्का रहानेले २७ रन बनाए । दुवै खेलाडी अविजित रहे । ओपनर मयांक अग्रवाल ५ र चेतेश्वर पुजारा ३ रनमा आउट भए । अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिङ्सले समान १ विकेट लिए ।

अष्ट्रेलियाले १३३/६ बाट चौथो दिनको खेल अघि बढाएको थियो । त्यसपछि थप ६७ रन जोड्दै अष्ट्रलियाले सबै विकेट गुमाएर दोस्रो इनिङ्समा कूल २०० रन बनायो ।

अष्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सर्वाधिक ४५ रन जोडे । मिचेल स्टार्क १४ रनमा अविजित रहे । चौथो दिन २ विकेट लिएका मोहम्मद सिरिजाले भारतका लागि सर्वाधिक ३ विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङ्समा १९५ रनमा अलआउट भएको थियो भने भारतले ३२६ रन बनाएको थियो । पहिलो इनिङसमा शतक प्रहार गरेका भारतीय कप्तान रहाने खेलको म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment