Comments Add Comment

बार्न्सको गोलमा हारबाट जोगियो लेस्टर

१४ पुस, काठमाडौं । केलेची इहनाचोले पेनाल्टी गुमाएपनि हार्भे बार्न्सले खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गरेपछि लेस्टर सिटीले प्रिमियरल लिगमा क्रिस्टल प्यालेससंग अंक खोसेको हो ।

लिगअन्तर्गत सोमबार भएको खेलमा लेस्टर र क्रिस्टलले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

क्रिस्टल प्यालेसको मैदानमा लेस्टरले १८औं मिनेटमा पेनाल्टी पाएको थियो । तर इहनाचोले पेनाल्टीमा गोल गर्न नसक्दा लेस्टरले अग्रता लिने मौका गुमायो । उनको प्रहार क्रिस्टलका गोलकिपर भिसेन्टे गुएइटाले बचाए । पहिलो हाफ गोलहरित बराबरीमा सकियो ।

५८औं मिनेटमा विलफ्रड जाहाले गोल गर्दै घरेलु टोली क्रिस्टल प्यालेसलाई अग्रता दिलाए । तर ८३औं मिनेटमा लेस्टरका बार्न्सले गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि १५ खेलबाट २९ अंक जोडेको लेस्टर एभरटनलाई गोलअन्तरमा पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ । १४ खेलबाट एभरटनको पनि २९ अंक नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment