Comments Add Comment

सप्तरीमा राजावादीको जुलुसमा दलका युवाको अवरोध, ब्यानर जलाइयो

१४ पुस, सप्तरी । राजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सप्तरी सदरमुकाम राजविराजमा राजावादीले निकाल्न लागेको र्‍यालीमा अवरोध भएको छ ।

स्थानीय शिव मन्दिर प्राङ्गणबाट र्‍याली निकाल्न सुरु गर्नुअघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् ।

राजा र हिन्दु राष्ट्रको पक्षमा प्ले कार्ड, व्यानर र राष्ट्रिय झण्डा बोकेर र्‍याली निकाल्न लागेको सूचना पाएपछि पुगेका नेकपा तथा जसपाका युवाहरुले ती सामग्री खोसेर आगो लगाएका छन् ।

र्‍याली सामग्री खोस्दै र्‍यालीमा सहभागी हुन आएकालाई उनीहरुले भगाएका छन् । अहिले शिव मन्दिर प्राङ्गण खाली भएका छन् ।

सप्तरी समाजको अगुवाईमा मंगलबार राजविराजमा राजा र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग राख्दै र्‍याली निकाल्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।

आफूहरुको र्‍याली बिथोल्ने प्रयास गर्नु संवैधानिक हकलाई कुण्ठित गर्नु सरह भएको र्‍याली संयोजक राजेश दासले बताए ।

उनले आफूहरुको कार्यक्रममा अवरोध गरे पनि कार्यक्रम गरिछाड्ने बताए ।

मंगलबारै प्रचण्ड-माधव समूहको नेकपाले समेत प्रदर्शन गर्ने तयारी गरेको छ । अहिले राजविराजमा व्यापकरुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment