+
+
Shares

प्रिमियर लिगका १८ जनालाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १८:५१

१४ पुस, काठमाडौं । प्रिमियर लिगको पछिल्लो परीक्षणमा १८ जनालाई कोरोना पोजेटिभ देखिएको छ । डिसेम्बर २१ देखि २७ सम्म एक हजार ४७९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

संक्रमित हुनेमा खेलाडी तथा स्टाफ रहेको प्रिमियर लिगले जनाएको छ ।

पोजेटिभ देखिएका खेलाडी र क्लब स्टाफ सबै जना १० दिनको लागि सेल्फ आइसोलेसनमा बस्ने प्रिमियर लिगले जनाएको छ ।

खेलाडीमा कोरोना पोजेटिभ देखिएकै कारण सोमबारका लागि तय भएको म्यानचेष्टर सिटी र एभरटनबीचको खेल अन्तिम समयमा आएर स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?