+
+
Shares

दशैंमा टाटाका गाडी किन्दा ३४ जनाले जिते बम्पर उपहार

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १८:५८

टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा चाडपर्व लक्षित ‘यो दशैं, तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक ग्राहक उपहार योजना अन्तर्गतको बम्पर लक्की ड्र सम्पन्न भएको छ । प्रतिकुल परिस्थितिका कारण डिजिटल प्रबिधिको माध्यमबाट फेसबुक लाइभमार्फत बम्पर लक्की ड्र कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

देशैभरबाट १३०० भन्दा बढी सहभागीहरु मध्ये भाग्यशाली ३४ जना ग्राहकहरुलाई बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको छ । ३४ जना भाग्यशाली ग्राहकहरु मध्ये काठमाडौं र पोखराबाट १२ जना, बुटवलबाट ५ जना, हेटौंडाबाट ६ जना, इटहरीबाट ५ जना र नेपालगंजबाट ६ जना विजेता छानिएको थियो ।

भाग्यशाली ग्राहकहरु मध्ये एल.जी. ३१० लि.को डबल डोर रेफ्रिजेरेटर ६ जनाले, एल.जी. ८ के.जी फ्रन्ट लोड वासिङ्ग मेसिन ६ जनाले, सोनी ५५इन्च ईन्टरनेट टिभी ६ जनाले, सामसुङ नोट ट्वान्टी ७ जनाले र सामसुङ ट्यावलेट ९ जनाले जित्न सफल भएका छन् ।

कार्यक्रममा सिप्रदीका सिइओ राजन बाबु श्रेष्ठले ग्राहकहरुको अपार माया अनि उत्साहजनक सहभागिताले योजना सफल भएको बताए । उनले नेपालको बाटो घाटो अनि माटो सुहाउँदो टाटा गाडीले व्यापार, व्यवसाय बिस्तारमा सबै नेपालीको लागि महत्वपूर्ण भूमिका खेल्न सकोस् भनेर कामना गरे ।

सिप्रदीले आगामी दिनहरूमा ग्राहक लक्षित योजनाहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?