Comments Add Comment

क्रोएसियामा शक्तिशाली भूकम्प, कम्तीमा सात जनाको मृत्यु

१५ पुस, काठमाडौं । क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उक्त भूकम्पमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पेट्रिन्जा सहरकी एक १२ वर्षीया बालिका पनि छिन् । क्रोएसियाका प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्ने भएका छन् ।

जीलिना सहरमा पाँच जनाको मृत्यु भएको थियो । त्यस्तै जाजिनाको चर्चमा एकजना मृत भेटिएका थिए । पेट्रिन्जाका मेयरले सहरको आधाभन्दा धेरै घरहरु ढलेर ध्वस्त भएको बताएका छन् । यो भूकम्पको धक्का क्रोएसियाको राजधानी जाग्रेबका साथै छिमेकी मुलुकहरु बोस्निया र सर्बियामा पनि महसुस गरिएको थियो ।

भूकम्पपछि क्रोएसियाका अस्पतालहरुमा मानिसहरुको भिड बढेको छ । भूकम्पमा घाइते भएकाहरु उपचारको लागि अस्पतालमा आउने क्रम बढेको छ । क्रोएसियाका प्रधानमन्त्री अन्द्रेज प्लेन्कोभिकले आफूहरुलाई १२ वर्षीया बालिकाको मृत्यु भएको जानकारी भए पनि अन्य जानकारी भने नभएको बताएका छन् । उनले सहयोगका लागि सेना परिचालन गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment