+
+
Shares

ओली र प्रचण्डबीच फोनवार्ता, सीता दाहालको स्वास्थ्य लाभको कामना

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते २०:५१

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पहिलो पटक ओली र प्रचण्डबीच टेलिफोन वार्ता भएको हो ।

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएपछि ओलीले टेलिफोन गरेका थिए । ओलीले फोन गरेर सिताको स्वास्थ्य अवस्था सोधेको ओली समूहका नेता सुवास नेम्वाङले बताए । ‘टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । त्यसपछि आफ्नो तर्फबाट विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ आउादै हुनुहुन्छ है भन्नुभयो’, नेम्वाङले भने ।

यसपछि पौडेल र नेम्वाङ भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका थिए । अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेर उनीहरु फर्किएका छन् ।

सीता दाहाललाई आकस्मिक समस्या देखिएपछि बुधबार मात्र अस्पताल भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?