+
+
Shares

राष्ट्रियसभाको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १६ गते १२:१५
फाइल तस्वीर

१६ पुस, काठमाडौं । राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

त्यसको अघिल्लो दिन बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिलो बैठकमा संसदीय दलका नतोहरुले सम्बोधन गर्ने सहमति जुटाएको हो । अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पेस हुनेछ ।

यो अधिवेशनमा केही अध्यादेश, समिति गठनसम्बन्धी आदेश, संवैधानिक आयोगहरुको प्रतिवेदन र राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन पेश हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?