
१६ पुस, काठमाडौं । बेलायती संसदबाट युरोपेली संघ (ईयू)सँगको ब्रक्जिटपछिको व्यापार सम्झौता पारित भएको छ । शुक्रबारबाट लागू हुने उक्त सम्झौता बुधबार बेलायती संसदबाट पारित भएको हो ।
लामो समयको वार्तापछि बेलायत र ईयूबीच ब्रोक्जिटपछिको लागि व्यापार सम्झौता भएको थियो । उक्त सम्झौता यसअघि नै ईयूबाट पारित भइसकेको छ । डिसेम्बर २४ मा भएको सम्झौताको विषयमा बेलायतको लेबर पार्टीले भने आपत्ति जनाउँदै आएको छ ।
लेबर पार्टीले यो सम्झौताले सेवा, माछा मार्ने अधिकारलगायतको व्यापारमा आफ्नो अडान कायम राख्न नसकेको आरोप लगाउँदै आएको छ । त्यस्तै उत्तर आयरल्याण्डको मान्यता भने अझै पनि अनिश्चित छ ।
आधिकारिकरुपमा बेलायत करिब एक वर्षअघि ईयूसँग छुटि्टएको थियो । तर, अहिलेसम्म बेलायतले व्यापार, यातायात, ऊर्जालगायतका क्षेत्रमा भने ईयूको नियमको पालना गर्दै आएको थियो । शुक्रबारलदेखि भने बेलायतले यी सबै क्षेत्रमा अहिले भएका सम्झौताअनुसारको नियम लागू हुनेछ ।
प्रतिक्रिया 4