Comments Add Comment

हेटौंडामा ४१ करोडको लागतमा दूध पाउडर प्लान्ट बन्दै 

१६ पुस, हेटौंडा । बागमतीसहित चारवटा प्रदेशका किसानलाई लक्षित गर्दै हेटौंडामा दूध पाउडर प्लान्ट निर्माण थालिएको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डले नियमित रुपमा किसानहरुले व्यहोर्दै आएको मिल्क होलिडे सहित दूध बिक्रीमा भोग्दै आएको समस्यालाई समाधान गर्न हेटौंडामा पाउडर प्लान्ट निर्माणको तयारी थालेको हो ।

सरकारले बागमती, गण्डकी, लुम्बिनी र २ नम्बर प्रदेशलाई लक्षित गर्दै हेटौंडा-१० न्युरेनीमा निर्माण गर्ने तयारी थालेको प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शिलान्यास गरेका छन् । प्लान्टको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले सरकारले किसान लक्षित कार्यक्रममा बढी मात्रामा ध्यान दिएको बताए । सडकमा दूध पोख्नुपर्ने किसानको बाध्यता हटाउनका लागि पाउडर प्लान्ट निर्माण गर्न लागेको उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशका भूमि व्यावस्था, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सडकमा दूध बग्यो भनेपछी आफूहरुले पाउडर प्लान्ट निर्माण गर्न लागिएको बताए ।

दैनिक ६० हजार लिटर दूधबाट ५ मेट्रिक टन उत्पादन पाउडर उत्पादन गर्ने लक्ष्य सहित सरकारले पाउडर प्लान्टको अवधारणा अघि बढाएको बताइएको छ ।

चालु आर्थिक वर्षको पुष १ गतेदेखि निर्माण सम्झौता गरेको काठमाण्डौं इजी इन्फा प्रालिले १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम थालेको हो । कम्पनीले ४५ करोड १२ लाख ७० हजार लागत अनुमान गरीएको प्लान्टको निर्माण ४१ करोड २२ लाख ७१ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment