+
+
Shares

९ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १६ गते २०:०६

१६ पुस, काठमाडौं । ललितपुरको इमाडोलमा ९ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इमाडोलको बोजे पोखरीमा डेरा गरी बस्ने ४२ वर्षका हर्कबहादुर विक छन् ।

उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले अनलाइनखबरलाई बताए ।

उनका अनुसार बालिकालाई ५ सय रुपैयाँ दिएर प्रलोभनमा पारी करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो । त्यसको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको हो ।

छिमेकमा बस्ने बालिकालाई विगत पनि विकले पटकपटक बोलाउने र चकलेट दिने गरेको पाइएको प्रहरीको भनाइ छ । तर, पछिल्लो पटक मात्रै करणीको गरेको पाइएको अधिकृतहरु बताउँछन् ।

बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गरिएको छ । रिपोर्ट आउन बाँकी छ । विकविरुद्ध भने करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिन म्याद थप भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?