Comments Add Comment

लोडसेडिङ गर्नुपर्ने अवस्था आएको छैन : प्राधिकरण

१६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएको छ । प्राधिकरणले बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा अवरोध भएकपनि लोडसेडिङ नभएको बताएको छ ।

‘विगत ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुन गएको व्योहोरा आम विद्युत उपभोक्ता, मिडियाकर्मी, पत्रकार र सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्राधिरकणले विद्युतका उपभोक्ताहरूको मागभन्दा आपूर्ति  कम भएको अवस्थामा मात्र लोडसेडिंग गर्नुपर्ने बाध्यता रहने बताएको छ । ‘हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेकाले लोडसेडिङ नभएको र भविष्यमा पनि गरिने अवस्था छैन,’ प्राधिकरणले भनेको छ । अवरोध न्यूनीकरण र निराकरण गर्न आफू सक्षम रहेको प्राधिकरणले बताएको छ ।

विभिन्न कारणले विद्युतका पोलहरू सार्न, ट्रान्सर्फमर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्ने काम सकेर विद्युत आपूर्ति सूचारु गर्ने गरिएको प्राधिकरणको दावी छ ।

पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोधले प्राविधिक समस्या आएको र भारप्रेषण केन्ऽ र ग्रीड सञ्चालन विभागमार्फत निराकरण गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment