+
+
Shares

‘कोभिड १९ विशिष्ट सम्मान’का लागि आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १७ गते १३:२३

१७ पुस, काठमाडौं । बारबरा फाउन्डेसन काठमाडौंले कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गरेका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।

कोरोना महामारीको समयमा नेपालभित्र जनस्वास्थ्य तथा पत्रकारिता क्षेत्रमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्तिहरुलाई फाउन्डेसनले ‘कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गर्ने भएको हो ।

फाउन्डेसनले सम्मान योग्य नेपाली नागरिकलाई मनोनयन दर्ताका लागि आवेदन दिन आह्वान समेत गरेको छ ।

कोभिड १९ महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरेका, नियमित जिम्मेवारी भन्दामाथि उठेर कोभिड १९ रोकथाम, निदान, उपचार वा जनतालाई सुसूचित गर्ने काममा योगदान पुर्याएका व्यक्तिले मनोनयनका लागि आवेदन दिन सक्ने फाउन्डेसले जनाएको छ ।

सम्मानका लागि योग्य व्यक्तिले बारबरा फाउन्डेसनको कार्यालय वा इमेलमार्फत पुस २३ गतेसम्म आवेदन दिन सक्ने फाउन्डेसनले जनाएको छ ।

चिकित्सक, नर्सिङ र पत्रकारिताका प्रत्येक विद्यामा उत्कृष्ट हुने व्यक्तिले २/२ लाख र उत्कृष्ट घोषित हुने स्वास्थ्य सहयोगी कर्मचारीले १ लाख रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?