+
+
Shares

राहदानीका पानामा राष्ट्रपति भवन र सिंहदरबारको चित्र

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १७ गते १८:२१

१७ पुस, काठमाडौं । सरकारले राहदानीमा राख्ने विभिन्न तस्वीरलाई स्वीकृति दिएको छ ।

पुस १५ गते बसेको मन्त्रिपरिषद बैठकले राहदानीका भित्री पानामा राख्ने तस्वीरलाई स्वीकृति दिएको हो । अब राहदानीको पहिलो कभर पेजको भित्री पृष्ठमा डाँफे र राष्ट्रिय झण्डा रहनेछ भने पृष्ठ १ मा सगरमाथाको तस्वीर राखिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्‍त्री पार्वत गुरुङले जानकारी दिए ।

त्यसपछिका पृष्ठमा पोलिकार्बोनेट डाटा पेज, लुम्बिनी, राष्ट्रपति भवन, एक सिंगे गैंडा, चाँगु नारायण मन्दिर, इलामको कन्याम चिया बगान, लालीगुराँस, पशुपतिनाथ मन्दिर, मिथिला आर्ट, धान रोपाईं, कुमारी, माथिल्लो मुस्ताङ, बाघ, जुम्लाको सिञ्जा उपत्यका, देशेमरु झ्याँ र जानकी मन्दिर रहनेछ ।

त्यस्तै करुवा, हात्ती, रानीपोखरी, हनुमानढोका दरबार, धरहरा, भुर्तिका देवल, पाटन दरबार स्क्वायर, पुतली, वौद्धनाथ, भक्तपुर दरबार स्क्वायर, महाकाली पुल, कृष्णसार, सगरमाथा जाने लोबुचे क्षेत्रको ट्रेकिङ, रानीमहल, राराताल, माथिल्लो तामाकोशी र सिंहदरबार पनि राहदानीका पानाहरुमा रहने भएको छ ।

राहदानीको अन्तिम पृष्ठको भित्री पृष्ठमा भने डाँफे र नेपालको राष्ट्रिय झण्डा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?