Comments Add Comment

काठमाडौं ब्याडमिनटन एकेडेमीको घोषणा

१७ पुस, काठमाडौं । ब्याडमिन्टन उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को औपचारिक घोषणा भएको छ । ६ महिना अघि नै सुरु भएको केबीएको सन् २०२१ को पहिलो दिन पारेर शुक्रबार एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन रहिसकेका रीता अधिकारी विष्टको अध्यक्षतामा केबीए स्थापना भएको हो । विष्ट २०३१, ०३२ र ०३४ सालमा च्याम्पियन बनेकी थिइन् । त्यस्तै २०३७, ०३९ र ०४० सालकी राष्ट्रिय च्याम्पियन शान्ति मानन्धर केबीएको संस्थापक सदस्य रहेकी छिन् । उनले पनि प्रशिक्षकको रुपमा काम गर्ने केबीएले जनाएको छ ।

यस्तै केबीएको सचिवमा ब्याडमिन्टन एसियाका अम्पायर दीपक थापा छन् । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको अध्यक्षसमेत थापाले रियो ओलम्पिक २०१६ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए । केबीएको परिकल्पना गरेका थापाले एकेडेमीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समन्वय गर्ने बताइएको छ । एकेडेमीका उपाध्यक्ष रुपक राजवंशी र कोषाध्यक्ष मनोज श्रेष्ठ छन् ।

गैर नाफामूलक संस्थाको हैसियतमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै नेपालको नाम उच्च पार्न सक्ने खालको खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको पनि केबीएले जनाएको छ ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, केबीएका अध्यक्ष रीता विष्ट र सचिव थापाले शुक्रबारै केबीएको टिसर्ट सार्वजनिक गरेका थिए ।

केबीएले ट्रेनिङ हलको लागि ललितपुरको नख्खुमा रहेको बुल्स इन्डोर स्पोर्ट्स हलसंग दुई वर्षे सम्झौता गरेको छ । सम्झौता–पत्रमा केबीएका थापा र बुल्स इन्डोर स्पोर्टस् हलका सिओओ करण पुनले हस्ताक्षर गरे ।

केबीएको मुख्य प्रशिक्षकका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका रुपमा बालकृष्ण थापा छन् । उनले ओलम्पिक सोलिडारिटी कवर्स गरेको र प्रशिक्षकको रुपमा २० वर्षयता सक्रिय छन् । यस्तै अर्को प्रशिक्षक पुरुषोत्तम ढकाल छन् । पूर्व राष्ट्रिय खेलाडी रहेका ढकालले बिडब्लुएफ लेवल १ गरेका प्रशिक्षक हुन् । उनी एक दशकदेखि प्रशिक्षकका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment