+
+
Shares

नाइजरमा स्लामिक स्टेटको आक्रमण, ७९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते ८:०१

१९ पुस, काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ । मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा आक्रमण भएको हो ।

चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको बीबीसीले लेखेको छ ।

चोमोबांगोउ गाउँमा सन् २०१७ देखि संकटकाल लगाइएको छ । हालका केही महिनामा यस गाउँमा छिमेकी देश मालीबाट आएका संदिग्ध जेहादीहरुले आक्रमण गर्दै आएका छन् ।

नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित चरमपन्थी समूहले पनि धेरै पटक आक्रमण गरिसकेका छन् ।

गत वर्ष भएको आक्रमणमा सयौं व्यक्ति मारिएका थिए ।

यस्तै छिमेकी देश नाइजेरियामा सक्रिय बोको हरामले गत महिना दक्षिण पूर्वमा पर्ने दिफा इलाकामा २७ जनाको हत्या गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?