Comments Add Comment

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१९ पुस, काठमाडौं । एक साताभन्दा बढी समय स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै छ ।

संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो । आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आजको बैठकमा धारणा राख्ने क्रम जारी रहने कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए ।

सभापति शेरबहादुर देउवा भने संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले आन्दोलनमार्फत् अदालतलाई दबाब दिन नहुने पक्षमा छन् ।

सभापति देउवा निकट नेता गोपालमान श्रेष्ठले आजदेखि केन्द्रीय समिति बैठक फेरि शुरु हुने भए पनि सर्वोच्चको निर्णय नआएसम्म संसद विघटनका सम्बन्धमा कुनै निर्णय नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment