Comments Add Comment

हलको पंखालाई फिल्म चलेको संझिएँः दयाहाङ राई

प्रविधिको विकाससँगै पछिल्लो समयमा चलचित्र हेर्ने माध्यम पनि फेरिएका छन् । कुनै समय हलमा कोच्चिएर चलचित्र हेर्नुपर्ने वाध्यताबाट विस्तारै दर्शक मुक्त हुँदैछन् । अहिले सुविधा सम्पन्न हलहरु खुलेका छन्, जसलेगर्दा दर्शकले आरमदायी वातावरणमा चलचित्र हेर्न पाउँछन् । साथै, अहिले विभिन्न खालका प्रविधिले चलचित्रलाई अझै घरसम्मै ल्याइदिएको छ ।

तर, नायक दयाहाङ राइको पहिलो चलचित्र हेर्दाको अनुभव भने रमाइलो छ । गाउँमा रहँदा चलचित्र घरमा दयाले पहिलो पटक ‘कसम’ नामक चलचित्र हेरेका थिए । चलचित्र हेर्न हलमा पुग्दा उनले ठूलो सेतो पर्दा देखे । उनलाई लाग्यो यो भित्र चलचित्र चल्छ ।

हलमा पर्खिरहँदा दयाले केही घुमिरहेको देखेँ । दया भन्छन्–‘हलमा पंखा घुमिरहेको थियो । सोही पंखाको छाया पर्दामा परेको रहेछ । मलाई लाग्यो, त्यही घुमिरहेको कुरा नै चलचित्र हो ।’

तर, पछि चलचित्र प्रोजेक्शनबाट देखाएपछि मात्र दयाले चलचित्र कसरी चल्छ भन्ने वुझे । अर्का नायक खगेन्द्र लामिछाने चलचित्र हेर्न पुग्दा नहेरी फर्किएका छन् । उनले पहिलो पटक हेरेको चलचित्र हो, ‘कन्यादान’ । यो चलचित्र हेर्नका लागि उनी गाडी चढेर हल पुगे । तर, हलमा यति धेरै भिड थियो उनले टिकट नै काट्न सकेनन् । तर, भिडभाडले उनको चिउडोमा नराम्रोसँग लाग्यो र उनी घर फर्किए । पछि, हलमा मान्छेको भीड भएपछि खगेन्द्रले चलचित्र हेरेका थिए ।

‘सिनेमा घर गोल्ड’ एपको सार्वजनिक कार्यक्रममा आफ्नो चलचित्र हेर्दाको संझना गर्दै दयाले भने–‘सो समयमा पैसा जुटाउन गाह्रो थियो । म चेस खेल्थेँ । चेसबाट जितेको पैसा जुटाएर हलमा चलचित्र हेर्न जान्थेँ ।’ खगेन्द्रले भने बाबुको पसलबाट चोरेका खुद्रा पैसा जम्मा गरेर चलचित्र हेर्न हल जाने गरेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment