Comments Add Comment

मार्क्सवादी सांस्कृतिक मोर्चा गठन

कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा प्रतिबद्ध संस्कृतिकर्मीहरूले सिर्जना एवम् आन्दोलनलाई नयाँ उचाइबाट सङ्गठित गर्न मार्क्लवादी सांस्कृतिक मोर्चा, नेपाल गठन गरेका छन् ।

नयाँ युगका सांस्कृतिक कार्यभारलाई पूरा गर्ने सङ्कल्पसहित सैद्धान्तिक रुपमा कला-साहित्यमा समाजवादी यथार्थवादका पक्षधर तथा सांस्कृतिक क्रान्तिका महत्त्वपूर्ण प्रयोग र शिक्षालाई आत्मसात् गर्ने संस्कृतिकर्मीहरुको साझा मञ्चका रुपमा यो संस्था रहने बताइएको छ ।

प्रगतिशील लेखक सङ्घबाट विद्रोह गर्ने लेखकहरु र क्रान्तिकारी ध्रुवका विभिन्न सांस्कृतिक घटक सङ्गठन सम्बद्ध लेखकहरु लगायतको संयुक्त पहल एवम् संयोजनमा नयाँ अग्रगामी सांस्कृतिक मोर्चा निर्माणका लागि आवश्यक अवधारणापत्र तथा सङ्गठनात्मक विधि निर्माणका लागि २०७५ चैत्र ३ गते १२ सदस्यीय कार्यदल गठन भएको थियो । सोही कार्यदलले विभिन्न समयमा चरण-चरणमा बैठक र छलफल गरी अवधारणापत्र तयार गर्यो । कार्यदलको यही पुस १० गते बसेको बैठकले अवधारणापत्र लेखन टिमद्वारा प्रस्तावित संयुक्त मोर्चाको नाम ‘मार्क्मवादी सांस्कृतिक मोर्चा, नेपाल’ तय गरेको छ ।

बैठकले प्रारम्भिक संयोजन समितिको संयोजकमा इस्माली र सचिवमा सङ्गीतलाई चयन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment