Comments Add Comment

नयाँ वर्षका अनौठा परम्पराः रङ्गीचङ्गी अण्डरवेयर लगाउनेदेखि प्लेट फुटाउनेसम्म

नयाँ वर्ष सन् २०२१ शुक्रबार सुरु भयो । कोरोना भाइरस महामारीका बीच दुनियाँभर हर्सोल्लासका साथ नयाँ वर्षको स्वागत गरियो ।

नयाँ वर्ष मनाउने तरिका फरक फरक छन् दुनियाँका विभिन्न देशमा । कतिपय देशमा मानिसहरुले नयाँ वर्षको दिन झ्यालबाट पूराना सोफा तथा कुर्सीहरु फ्याँक्छन् त कहीँ खाना खाने प्लेट फुटाउँछन् । दुनियाँका विभिन्न देशमा रहेका नयाँ वर्ष मनाउने यस्तै अनौठा केही रितिरिवाज यस्ता छन्ः

· इक्वेडरः दक्षिण अमेरिकी मुलुक इक्वेडरमा नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुले बुख्याँचालाई जलाउँदछन्, हाम्रोमा फागु पूर्णिमामा होलिका दहन गरेजस्तै गरी । यसो गर्नाले अघिल्लो वर्षभर भएका सबै खराब काम तथा खराब समयहरु समाप्त हुन्छन् भन्ने मान्यता छ । भित्र कागज कोचिएको बुख्याँचामात्र होइन मानिसहरुले बित्दै गरेको वर्षमा खिचिएका आफ्ना केही तस्वीर समेत जलाउने गर्दछन् ।

· डेनमार्कः डेनमार्कमा नयाँ वर्षको पूर्वसन्ध्यामा खाना खाने प्लेट फुटाउने चलन छ । यसरी वर्षको अन्तिम दिन फोड्नकै लागि समेत मानिसहरुले केही प्लेटहरु संग्रह गरेर राखेका हुन्छन् ।

· जापानः जापानमा बौद्ध परम्परा अनुसार वर्षभरका समस्या तथा खराबीहरुलाई समाप्त पार्नका लागि १ सय ८ पटक घण्टी बनाइन्छ । घण्टको आवाजलाई जापानमा निकै पवित्र मानिन्छ । घण्टको आवाजले आगामी वर्षमा खुसी ल्याउने विश्वास गरिन्छ ।

· फिलिपिन्सः नयाँ वर्षको पूर्वसन्ध्यामा फिलिपिन्समा अनौठो परम्परा चलिआएको छ । वर्षको अन्तिम रातमा मानिसहरु आ आफ्नो घरबाट कपडा तथा अन्य चिजहरु राखेर चारैतर्फ गोलो घेरा बनाएर त्यसमै परिक्रमा गर्दछन् । साथै त्यस्तो घेरामा सिक्काहरु समेत राखिन्छ । यस्तो परिक्रमाका बेला मानिसहरुले विशेष खालको पहिरन लगाउने गर्दछन् ।

· इटालीः युरोपेली मुलुक इटालीमा नयाँ वर्षको स्वागत अनौठो तरिकाले गरिन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुले घरको झ्याल तथा बाल्कनीबाट पूराना फर्निचरहरु बाहिर फ्याक्छन् । वर्षभरका समस्याहरु सबै समाप्त होउन् र नयाँ वर्षमा नयाँ नयाँ खुसीहरु प्राप्त होउन् भन्ने विश्वासमा मानिसहरुले यसो गर्दछन् ।

· ब्राजिलः दक्षिण अमेरिकी देशहरु बोलिभिया, ब्राजिल तथा मेक्सिको लगायतमा मानिसहरु नयाँ वर्ष मनाउनका लागि रङ्गी विरङ्गी अण्डरवेयर लगाउँदछन् । मानिसहरुले नयाँ वर्ष मनाउनका लागि लगाउने अण्डरवेयरको रङले उनीहरुको नयाँ वर्ष कस्तो हुनेछ ? भाग्य कस्तो रहनेछ ? भन्ने कुराको फैसला गर्ने विश्वास गरिन्छ ।

नयाँ वर्षमा प्रेम सम्बन्ध चाहनेहरुले रातो रङको अण्डरवेयर लगाउँदछन् । टन्न धन कमाउन चाहनेहरुले पहेँलो रङको तथा नयाँ वर्षमा शान्ति चाहनेहरुले सेतो रङको अण्डरवेयर लगाउँदछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment