+
+
Shares

सौरवको ‘सौरव २०२०’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते १९:५५

गीतकार सौरव तिम्सिनाको एकल शब्दमा तयार भएको गीति संग्रह ‘सौरव २०२०’ सार्वजनिक गरिएको छ । भुटनिज अमेरिकन म्यूजिक एसोसियसन र सौरव म्यूजिकको प्रस्तुतीमा तयार भएको यो गीति संग्रहलाई इन्द्रावती क्रियशन मार्फत बजारमा ल्याइएको हो ।

यो संग्रहमा ६ वटा गीत समावेश छन् । यी गीतहरु सौरव २०२० नाम वेवसाइटबाट सुन्न सकिनेछ । यो एल्बममा समावेश गीतमा किरण गजमेर, किशोर सिवाकोटी, टेक दुधराज, रमेश कँडेल, प्रविन दियाली, महेश थुलुङ, टिका लामिछाने, एल बी मोक्तान, निशान राइको स्वर छ ।

यस्तै, गीतमा अम्बर तुम्बापो, लोकेश गुरुङ, एस डी योगी, अरुण तामाङ, रोनान सुब्बाको संगीत छ । एल्बममा समावेश ‘छन शब्द’ बोलको गीतको भिडियो पनि तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?