Comments Add Comment

डीएभी कलेजले गर्यो प्रथम वार्षिक भ्लग फेस्ट

डीएभी कलेजले बिहिबार आफ्नो प्रथम वार्षिक भ्लग फेस्ट -२०२० सम्पन्न गरेको छ। कार्य क्रमका विजेताहरुलाई उक्त कलेजको सुजाता हलमा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा कलेजका अध्यक्ष अनिल केडिया, प्रमुखअतिथि डा. डिल्लीराज शर्मा (प्रमुख, फ्याकल्टी अफ म्यानेजमेन्ट, त्रिवि), विषेश अतिथि दिनेशमणि घिमिरे (सहप्रमुख, फ्याकल्टी अफ म्यानेजमेन्ट, त्रिवि), कलेजकाअनुसन्धान तथा निर्णायक मण्डली र सोही कलेजका विद्यार्थीहरुको उपस्थिति थियो।

कतिपय विद्यार्थीहरुले भने ईन्टरनेटको भिडियो कन्फ्रेन्सिङ मार्फत आफ्नो उपस्थिति जनाएका थिए। समारोहमा जम्मा ७ वटा विधामा विजेता विद्यार्थीलाई सम्मानपत्र र नगद रु. १५ हजारसम्मको पुरस्कार वितरण गरिएको थियो।

भ्लग प्रतियोगितामा आफ्नो भिडियो बुझाउनको लागि सहभागी विद्यार्थीलाई करिब दशदिनको समय दिईएको थियो। उक्त भिडियो भ्लगमा उनीहरुले तनावयुक्त समयमा पनि सृजनशिलताको माध्यमबाट कसरी आशावादि रहन सकिन्छ भन्ने विषयलाई प्रस्तुत गर्नुपर्ने थियो।

यस क्रममा जम्मा १५० वटा भ्लग बुझाइएका थिए, जसमध्ये २८ वटा लाई प्रतिस्पर्धाको निमित्त उचित ठानिएको थियो। फेसबुकलाई माध्यम बनाईएको यस प्रतियोगितामा उनीहरुको भिडियो पोस्टहरुले कैयौं सेयर र सैयौं लाईक्स पाएका थिए।

यसैगरी उनीहरुको भिडियोलाई हजारौं मानिसले हेरेका थिए र अनलाईन माध्यमहरुका मार्फत यो कार्यक्रम विद्यार्थी युवा समुहहरु माझ निकै चर्चित हुन पुग्यो।

“एउटा भ्लगले कुनै विषयवस्तुलाई प्रवर्द्धन नगरिकन त्यसको बारेमा निष्पक्ष मत दिनुपर्छ। मैले मेरा विद्यार्थीहरूले यो कुराको महत्व राम्रोसँग बुझेको पाएँ। भ्लगहरु मध्ये मलाई विभिन्न पृथक जीवनशैली र हाम्रो नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरता झल्काउने दृष्य तथा सन्दर्भहरुले विषेश ध्यानाकर्षण गरेको थियो,” डीएभी कलेजका अध्यक्ष अनिल केडियाले भने ।

प्रमुखअतिथि डा. डिल्लीराज शर्माले पनि प्रतियोगिताका बारेमा आफ्नो मन्तव्य दिए । “म्यानेजमेन्ट स्टडिज् एउटा यस्तो विषय हो, जसलाई बुझ्न यसका बहु रअन्तर विषयवस्तु सँगको सम्बन्धलाई बुझ्न जरुरी हुन्छ। यो ज्ञानको माध्यमबाट समाज र मानव व्यवहारलाई बुझेर त्यसमा प्रभाव पार्न सक्नु यसकोअर्कोआयाम हो। जब मैले प्रतिष्पर्धी विद्यार्थीका भ्लग देखेँ, तब मैले उनिहरुको काममा यस चिन्तनको राम्रो उदाहरणहरु पाएँ, जसमा उनिहरुकोआधुनिक र सृजनशिल प्रयोग समेत देख्न पाइन्छ,’ उनले भने ।

विजेताहरुको नामावली र विवरण:

याबेस राई – वर्षको सर्वोत्कृष्ट भ्लगर
(फ्लोरिकल्चर – अ बिउटिफुल बिजनेस)
नगद पुरस्कार रु. १५हजार

अभिषेक बस्नेत, अनमोल तामाङ, चिरायु बिष्ट, रायन सिकेमान, रबिन श्रेष्ठ, संजिबअधिकारी (वाई????)
अध्यक्ष अवार्ड
नगद पुरस्कार रु १५ हजार

सहारा गर्तौला
(एन्टी हङ्गर मेडिसिन भर्सेज फुड स्क्यारसिटी)
सामाजिक प्रभाव अवार्ड
नगद पुरस्कार रु ११हजार

करिना श्रेष्ठ
(किर्तिपुर: अ बिउटिफुल एण्ड हिस्टोरिक प्लेस)
अत्याधिक फेसबुक भिउज् अवार्ड
नगद पुरस्कार रु. ११ हजार

जुहि अधिकारी
(माई वेट लस जर्नी)
अत्याधिक फेसबुक लाईक्स अवार्ड
नगद पुरस्कार रु. ११ हजार

दिव्यानी रानी सिहं (होप)
अत्याधिक फेसबुक सेयर अवार्ड
नगद पुरस्कार रु. ११ हजार

युकेश भण्डारी, संस्कार पाण्डे
(लुम्बिनी – अ वर्ल्ड हेरिटेज साईट फर अ रिजन्)
व्यवस्थापन प्रशंसाअवार्ड
नगद पुरस्कार रु. ११ हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment