+
+

‘नेपाली म्यूजिक भिडियो अवार्ड’का लागि आवेदन खुल्ला

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १२:४९

नेपाली म्यूजिक भिडियोको तिन वटा संकरण सफलतापूर्वक सम्पन्न गरेको संगीक्षा फिल्मस्ले अब चौथो संकरण पनि आयोजना गर्ने तयारी थालेको छ । नेपाली गीतसंगीत क्षेत्रलाई चलायमान बनाउन तथा अवार्डलाई निरन्तरता दिने उद्देश्यले चौथो संकरणको आयोजना गर्न लागेको संगीक्ष फिल्मस्का अध्यक्ष मनोज कुमार केसीले जानकारी दिए ।

सन् २०२१ मा चौथो संकरण आयोजना हुने जानकारी गराउँदै मनोजले अवार्डमा सहभागीताका लागि आवेदन खुल्ला गरिएको जानकारी दिए । उनले भने–‘मनोरञ्जन गतिविधी बढ्दै जाँदा अवार्डले यसमा थप टेवा पुगोस् भन्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागेका हौं । यसपटक पनि हामी अवार्ड विदेशमा नै आयोजना गर्छौ ।’

संगीक्षा फिल्मस्ले यसअघिका दुई संकरण यूएइ र एक संकरण मलेसियामा आयोजना गरेको थियो । यसपटक अवार्डमा आधुनिक, लोकदोहोरी, पप, राष्ट्रिय भावनाको गीत, गायक, गायिका, संगीतकार, म्यूजिक भिडियो, मोडल, छायांकार, निर्देशक, सम्पादकसहित ३० वटा विधा समावेश हुने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?