Comments Add Comment

धुलिखेलमा मोटर स्पोर्ट्स ट्रयाक सञ्चालनमा

२० पुस, काठमाडौं । काभ्रेको धुलिखेलमा मोटर स्पोर्टसका लागि निर्माण भएको रेस ट्रयाक विधिवतरुपमा सञ्चालनमा आएको छ ।

हिमालयन मोटरल्याण्ड सर्किट नामाकरण गरिएको यस सर्किटको व्यवस्थापन अल्टिमेट हिमालयन मोटर ल्याण्डले गर्दै आएको छ ।

अल्टिमेट हिमालयनले करिब ४.५ करोडको लगानीमा धुलिखेलमा अवस्थित यस सर्किटमा मोटरस्पोर्टसको विविध खेलसहित दैनिक रुपमा कार्टस सञ्चालन गर्ने योजना बनाएको छ ।

एसियाली स्तरमै अटोमोबाइल्स संघले निर्माण गरी सञ्चालनमा आएको यो पहिलो रेस सर्किट हो ।

मोटर साइकल विधा अन्तर्गत आयोजना हुने रेसमाण्डु, क्रसमाण्डौ, मोटर स्पोर्स विधा अन्तर्गत अटो जिमखाना, कार्टस अन्तर्गत युथ कार्टस १४ वर्ष मुनिका बालबालिकाका लागि साथै राष्ट्रिय कार्टस च्याम्पियनसिप तथा महिलाहरुका लागि रेसनारी खेलको विशेष डिजाइन गरिएको छ ।

नासा नेपालका सचिव तथा धुलिखेल अल्टीमेट मोटरल्याण्ड सर्किटका अध्यक्ष अनिल बरालले खेलाडी संरक्षण गर्न मात्र सके नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मोटर स्पोर्टस सक्षम रहेको बताए ।

अल्टिमेट हिमालयन मोटरल्याण्डका निर्देशक सञ्जु बज्राचार्यले महिलालाई पनि मोटर स्पोर्टसमा स्थापित गराउन सकिने विषयमा आफ्नो धारणा राखेका थिए ।

हिमालयन मोटरल्याण्ड सर्किटमा विभिन्न खेलहरुको प्रदर्शन समेत गरिएको थियो । अन्तर्राष्ट्रिय खेलाडी रोनी भारतीले अटो जिमखाना प्रदर्शन गरेका थिए । अध्यक्ष बराल र टिमले कार्टस डेमोन्स्ट्रेशन गरेका थिए ।

सर्किटका ३ सय मिटर पिच गिरएको छ  । जहाँ अटो जिमखाना, ड्रिफ्टिङ, मोटो जिमखाना, कार्टिङ र स्लालोम कार्टिङ ङलगायतका इभेन्ट सञ्चालन गर्न सकिनेछ ।

१ हजार मिटरको अफरोड सर्किटमा मोटरक्रस, अटोक्रस, र्‍यालीक्रस र अफरोड रेसिङका इभेन्ट गर्न मिल्नेछ ।

अल्टिमेट हिमालयन मोटरल्याण्डले नै सर्कटिको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको छ ।

नासाका सचिव तथा अल्टिमेट हिमालयनका अध्यक्ष अनिल कुमार बरालले आफू खेलाडी हुँदा भोग्नुपरेको समस्या निराकरण गर्न व्यवसायिक सर्किट निर्माण गरिएको बताए । ‘हाम्रो मुख्य उद्देश्य भनेकै नेपाली खेलाडीको उत्पादन र व्यावसायीकीकरण नै हो  । यो खेल महँगो छ र सबैको पहुँचमा पनि छैन,’ अध्यक्ष बरालले भने, ‘हाम्रोमा व्यावसायिक रेसकोर्स नभएको अवस्थामा यसले आधारभूत पूवार्धारको आवश्यकतालाई निराकरण गर्नेछ  ।’

हिमालयन मोटरल्याण्डले वषर्मा ६ वटा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने घोषणा गरेको छ  । स्थानीय र प्रदेशस्तरको छनोट प्रितयोगिता गरी राष्ट्रियस्तरको प्रतियोगिता गरिने प्रबन्ध निर्देशक शाक्यले जानकारी दिए ।

रेसमान्डु, क्रसमान्डु, युथ कार्ट च्याम्पियनिसप, राष्ट्रिय कार्ट च्याम्पियनिसप, राष्ट्रिय अटो जिमखाना च्याम्पियनिसप लगायतका प्रतियोगिताहरू यो वर्ष आयोजना गरिने बताइएको छ  ।

धुलिखेल नगरपालिकाका मेयर अशोककुमार व्याञ्जुले यो मोटरल्याण्ड धुलिखेलकै शान रहेकोले यसलाई अझ संरक्षण दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment