Comments Add Comment

दक्षिण कोरियामा पहिलोपटक जन्मिनेभन्दा मर्नेको संख्या धेरै

Photo Credit : AFP

२० पुस, काठङ्गाडौं । सन् २०२० मा दक्षिण कोरियामा पहिलोपटक जन्मिनेभन्दा मर्नेको संख्या धेरै देखिएको छ । दक्षिण कोरिया यसअघि नै विश्वमा सबैभन्दा कम जन्मदर भएको मुलुक हो । सन् २०२० मा दक्षिण कोरियामा दुइै लाख ७५ हजार आठसय बच्चाहरुको जन्म भएको थियो । यो संख्या अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम हो । गत वर्ष दक्षिण कोरियामा तीन लाख सात हजार ७६४ जनाको मृत्यु भएको थियो ।

यो तथ्यांकले एकपटक पुनः दक्षिण कोरियालाई आफ्नो नीतिको विषयमा पुनः सोच्न बाध्य बनाएको छ । दक्षिण कोरियाको गृह मन्त्रालयले आफ्नो नीतिमा यसलाई मध्यनजर गर्दै ‘आधारभूत परिवर्तन’ गर्ने बताएको छ । दक्षिण कोरियाको घट्दो जनसंख्याले मुलुकमा दबाव सिर्जना गरेको छ । वृद्ध मानिसहरुको जनसंख्या धेरै भएको कारण स्वास्थ्य सेवा र पेन्सनमा धेरै राजस्व खर्च भइरहेको छ भने घट्दो क्रममा रहेको युवाको जनसंख्याको कारण मुलुकको जनशक्ति पनि निरन्तर घटिरहेको छ । यसको असर प्रत्यक्षरुपमा दक्षिण कोरियाको अर्थतन्त्रमा देखिएको छ ।

गत महिना दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनले जन्मदरको समस्या समाधानको लागि केही नीतिहरु अघि सारेका थिए । जसमा परिवारलाई अगद पैसा दिनेजस्ता योजनाहरु थिए । योजनाअनुसार सन् २०२२ देखि जन्मिने प्रत्येक बच्चाका अभिभावकलाई २० लाख दक्षिण कोरियाली वोन दिइनेछ । सन् २०२५ मा यो रकम बढाएर पाँच लाख वोन पुर्‍याइनेछ ।

किन घटिरहेको छ जनसंख्या ?

दक्षिण कोरियामा धेरै महिलाहरुलाई काम र आफ्ना अन्य आवश्यकताको बीचमा सन्तुलन बनाउन समस्या भइरहेको पाइएको छ । मानिसहरु पहिला आफ्नो करियर निर्माण गरेपछि मात्र बच्चा चाहन्छन् भने केही महिलाहरु सकेसम्म बच्चा जन्माउन चाहँदैनन् ।

त्यसका साथै दक्षिण कोरियामा बढ्दो क्रममा रहेको घरजग्गाको मूल्य पनि अर्को महत्वपूर्ण विषय हो । घरजग्गाको मूल्य निरन्तर बढ्दै गएकाले युवाहरुमा घरजम गर्ने इच्छा पनि कम हुँदै गएको पाइएको छ । विश्लेषकहरुका अनुसार मानिसहरु आफ्नो बच्चाका लागि एक घर होस् भन्ने चाहन्छन् । तर, घरजग्गाको मूल्य बढेसँगै उनीहरुमा पनि बच्चा जन्माउने इच्छा मर्दै गएको छ ।

जानकारहरुका अनुसार दक्षिण कोरियामा बच्चा हुर्काउनु पनि निकै खर्चिलो काम हो । अहिले सरकारले घोषणा गरेको सहयोगको रकमले पनि मानिसहरुमा बच्चा जन्माउने इच्छा नआउने जानकारहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment