+
+
Shares

अस्ट्रेलियाको न्यु साउथ वेल्समा नयाँ कोरोना संक्रमितको संख्या शून्यमा झर्‍यो 

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १३:३३
Photo Credit : REUTERS

२० पुस, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा धेरै मानिसको बसोबास रहेको राज्य न्यु साउथ वेल्समा सोमबार कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ । करिब तीन सातापछि यो राज्यमा नयाँ कोरोना संक्रमितको संख्या शून्यमा झरेको थियो । विशेषगरी यो राज्यको राजधानी सिड्नीमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको थियो ।

नयाँ संक्रमितको संख्या शून्यमा झरेसँगै न्यु साउथ वेल्सका अधिकारीहरुले हजारौं मानिसहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् । न्यु साउथ वेल्समा सार्वजनिक यातायात तथा बन्द क्षेत्रमा मास्क अनिवार्य गरिएको छ ।

अस्ट्रेलियाको र भारतको टेस्ट क्रिकेट हुन गइरहेको अवस्थामा फैलिएको कोरोना संक्रमणको कारण संक्रमणबारे आशंका बढेको थियो । अन्य विकसित मुलुकको तुलनामा अस्ट्रेलियाकोले कोरोना महामारीलाई नियन्त्रणमा राखेको छ । तर, पछिल्लो समय सिड्नीमा देखिएको संक्रमणले भने अस्ट्रेलियाकोभर संक्रमण फैलिने आशंका बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?