+
+
Shares

नेपाली व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एनआरएन अस्ट्रेलियाको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले ब्रिस्बेनमा नेपाली व्यवसायीमाथि आक्रमण र चोरी घटनाको कडा निन्दा गरेको छ।
  • अस्ट्रेलियाको ब्रिस्बेनमा विजय सुनारमाथि आक्रमण भएको हो ।
  • एनआरएनए अस्ट्रेलियाले घटनाको अनुसन्धान र नेपाली समुदायको सुरक्षाका लागि तत्काल कदम चाल्न माग गरेको छ।

२८ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले ब्रिस्बेनमा नेपाली व्यवासयीमाथि आक्रमण र चोरी घटनाको कडा निन्दा गरेको छ ।

मंगलबार साँझ अस्ट्रेलियाको ब्रिस्बेनमा श्री गणेश ज्वेलरीका सञ्चालक विजय सुनारमाथि ह्यामर बोकेर आएका चार जना लुटेरा समूहले आक्रमण गरी ठूलो मात्रामा गरगहना लुटेर लगेको थियो ।

लुटेरा समूहले सुनारको टाउकोमा हथौडाले प्रहार गरी घाइते बनाएपछि पसल तोडफोड गर्दै गरगहना चोरी गरेको क्विन्सल्यान्ड प्रहरीलाई उदृत गर्दै ७न्यूजले लेखेको छ । घाइते विजयलाई उपचारका लागि रोयल ब्रिस्बेन र वुमेन्स अस्पताल लगिएको छ ।

उक्त घटनाको एनआरएनए अस्ट्रेलियाले विज्ञप्ति जारी गर्दै निन्दा गरेको हो ।

‘यो कुनै एक्लो घटना होइन, गत महिनामै यस्ता केही घटनाहरू रिपोर्ट भइसकेका छन्, जसले नेपाली मूलका व्यवसायीलाई लक्षित गरी योजनाबद्ध आक्रमण हुनसक्ने आशंका बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

व्यवसायीमाथि आक्रमण गर्ने समूहको खोजी गरी कारबाही गर्न तथा चोरीका घटनाबारे सूक्ष्म ढंगले छानबिन गर्न एनआरएनए अस्ट्रेलियाले माग गरेको छ । साथै अस्ट्रेलियामा रहेका नेपाली समुदायको सुरक्षाका लागि तत्काल उचित कदम चाल्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?