Comments Add Comment

रणवीर–दीपिका र रणवीर–आलियाको एकसाथ होलिडे

नायिका रणवीर कपुर र नायिका आलिया भट्ट परिवारसँगै नयाँ वर्ष मनाउन रणथम्भोर पुगे । कपुर परिवारको नयाँ वर्षमा आलिया पनि पुगेकी थिइन् । केही समयदेखि आलिया र रणवीर प्रेममा छन् ।

तर, सामाजिक संजालमा एउटा तस्वीर भाइरल भयो । जहाँ, नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह पनि नयाँ वर्ष मनाउन पुगेका छन् । उनीहरु पनि नयाँ बर्ष मनाउन रणथम्भोर नै पुगेका छन् । सामाजिक संजालमा २ रणवीरको साथमा आलिया र दीपिका देखिएका छन् । नायक रणवीर कपुरसँग केही बर्ष अगाडि नायिका दीपिका पादुकोणको गहिरो प्रेम थियो । तर, रणवीर कपुरसँग ब्रेकअप भएपछि दीपिका रणवीर सिंहको प्रेममा परेकी थिइन् । प्रेममा परेको केही समयपछि उनीहरुले बिहे गरेका हुन् ।

आखिर, कपुर परिवार र आलियाको नयाँ वर्षमा रणवीर र दीपिका पनि कसरी मिसिए ? के यो योजना अनुसार नै थियो त ?

भारतीय मिडियाका अनुसार रणवीर र दीपिका कपुर परिवारले नयाँ बर्ष मनाउन पुगेको स्थानमा योजना अनुसार नै पुगेका होइनन् । यो अकस्मात भएको घटना हो ।

कपुर परिवारले आलियासँग रणथम्भोरमा नयाँ बर्ष मनाउने योजना एक महिना अगाडि नै बनाएको थियो । डिसेम्बरको अन्तिम साता आलिया र दीपिकाले नयाँ बर्षको बिषयमा कुरा गरेका थिए । सोही समयमा नै दुबैले एकै ठाउँमा नयाँ बर्ष मनाउन जान लागेको थाहा पाएका थिए ।

एउटै ठाउँमा होलिडे मनाउन पुगेपनि रणवीर र दीपिकाले कपुर परिवारसँग समय भने बिताएका थिएनन् । उनीहरुले भेट मात्र गरेर तस्वीर खिचाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसैपनि दीपिका रणवीरकी आमा नीतु कपुरसँग सहज महशुश गर्दिनन् । दीपिकासँग रणवीरको ब्रेकअप हुनुमा नीतुले दीपिकालाई मन नपराउनु पनि रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment