+
+
Shares

भिरबाट लडेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १५:०८

२० पुस, सुर्खेत । रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरबाट लडेर त्रिवेणी गाउँपालिका–१० का ५४ वर्षीय हरिबहादुर खड्काको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

तीन दिनदेखि बेपत्ता रहेका खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी पुस १८ गतेदेखि बेपत्ता रहेका थिए । उनी भिरबाट करिब ३०० मिटर तल खसेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?