+
+
Shares

लोडसेडिङ हटाउने मास्टर प्लान मेरै, कुलमान ल्याउने पनि मै हुँ : ऊर्जामन्त्री रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १९ गते २०:२५

१९ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूले ल्याएको ‘मास्टरप्लान’ कारणले लोडसेडिङ हटेको दावी गरेका छन् । उनले कुलमान घिसिङलाई पनि आफूले नै विद्यत प्राधिकरणमा ल्याउन गृहकार्य गरेको र नियुक्ति पत्रमा सही मात्रै गर्न नभ्याएको पनि बताएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफू २०७२ सालमा मन्त्री हुँदा १२देखि १८ घण्टासम्म लोडसेडिङ भएको स्वीकार्दै आफूले ल्याएको ९९ बुँदे मास्टर प्लानबाटै लोडसेडिङ हटेको बताए । तिनै कामका कारण भारतबाट बिजुली ल्याएर लोडसेडिङ हटाएको पनि उनले बताए ।

‘ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका प्राविधिकहरुलाई सोध्दा हुन्छ, ९९ बुँदे मास्टर प्लान कसले बनायो ? ढल्केबर-मुजाफरपुर, ढल्बेबर-हेटौंडा, ढल्केबर-खिम्ती प्रसाणलाइन कसले बनायो ?’

उनले १३, १२, ९ वर्षदेखि अल्भिmएका परियोजना आफूले २ महिनामै सकाएको दावी पनि गरे । त्यसबाटै लोडसेडिङ हटेको कुरा अहिले पनि प्राधिकरण र ऊर्जा मन्त्रालयका प्राविधिकहरुले भनिरहेको मन्त्री रायमाझीको तर्क छ ।

‘कुलमानलाई प्राधिकरणमा ल्याउन सक्षम पूर्वसचिवहरुबाट मैले मूल्यांकन गराइरहेका थिएँ,’ उनले भने,’त्यही बेला सरकार ढल्यो, कुलमानको नियुक्तिमा हस्ताक्षर गर्न मात्रै जनार्दन -शर्मा) आईपुगेका हुन् । मैले सही गर्नै भ्याइनँ ।’

तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेलाई एकैपटक हटाउँदा रोक्ने गरी अदालतबाट अन्तिरिम आदेश हुनसक्ने भएकाले प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदै सरकार ढलेको पनि उनले दावी गरे ।

‘मैले मूल्यांकनमा ३ महिना समय नलगाएको भए मुकेश काफ्ले फर्केर आउनेवाला थिए,’ उनले भने,’कुलमानलाई ल्याउन मैले नै प्रस्ताव गरेको थिएँ ।’

मन्त्री रायमाझीले त्यतिबेला लोडसेडिङ चुनौती भएको र अहिले आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुने अवस्था भएकाले अर्को चुनौती आएको बताए ।

‘भदौसम्म ५ सय मेगावाट बिजुली खरेर जाँदैछ, दैनिक अर्बौंको बिजुली खेर जाँदैछ,’ उनले भने,’यसरी खेर जाने बिजुली विदेशमा बेच्न प्रसारणलाइन चाहिन्छ ।’

मन्त्री रायमाझीले अब एमसीसीमा अल्भिmएर बस्न नहुने भन्दै मिल्छ भने देश हित विपरितका प्रावधान भए सच्याएर तुरुन्तै काम थाल्नुपर्ने बताए । त्यसो गर्न नसकिए सम्झौता खारेज गरेर आफ्नै लगानीमा प्रसराणलाइन बनाउनुपर्ने उनको बताए ।

उनले प्रणालीमा पछिल्ला दिनमा भार बढी भएर बिजुली कटौती भइरहेको र आफूले त्यसलाई रोक्न प्राधिकरणलाई निर्देशन दिइसकेको बताए ।

उनले जिल्ला अझै पनि लोडसेडिङ नहटेको भन्दै नयाँ सबस्टेसन बनाउने, काठका पोल हटाउने लगायतका काम भएपछि जिलाको लोडसेडिङ हट्ने बताए ।

उनले काठमाडौं वितरण लाइन सुधार्ने गरी सुरु भएको काम खतरनाक भएको बताए । उनले अब विद्युतको तार अन्डरग्राउन्ड गर्ने काम रोक्ने संकेत पनि गरे । उनले अब युटिलिटी करिडोरमार्फत बिजुजी, इन्टरनेट, टेलिफोन, ढलजस्ता सडकमुनिका पूर्वाधार एउटै प्रणालीमा राखिने बताए ।

‘सडकमा काम गर्दा एस्काभेटर लगाउनुपर्छ, यो कामले कति मान्छे मर्ने हुन थाहा छैन,’ मन्त्री रायमाझीले भने,’कुलमानजीहरुले १२ अर्ब जतिको ठेक्का त लगाइसक्नुभएछ, यात्रुले त झन खतरा भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?