+
+
Shares

४ लघुवित्त शीघ्र सुधारात्मक कारबाहीमा, २ लाई नगद जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले तोकिएको पूँजी कोष कायम नगरेका फरवार्ड, धौलागिरी, मातृभूमि र एनआईसी लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ।
  • विन नेपाल र सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेपछि राष्ट्र बैंकले नगद जरिबाना गरेको छ।
  • राष्ट्र बैंकका अनुसार फरवार्डको न्यूनतम पूँजीकोष ६.१२, धौलागिरीको ६.३८, मातृभूमिको ४.०८ र एनआईसीको ६.३९ प्रतिशत मात्र रहेको छ।

७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले चार लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । केन्द्रीय बैंकले तोकिएको पूँजी कोष कायम नगरेपछि ती लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाले प्राथमिक पूँजी ४ प्रतिशत र कुल पूँजीकोष ८ प्रतिशत कायम गर्नुपर्छ । सो कायम नगरेपछि फरवार्ड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, मातृभूमि लघुवित्त वित्तीय संस्था र एनआईसी लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाहीमा परेका हुन् ।

त्यसैगरी विन नेपाल लघुवित्त वित्तीय संस्था र सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेको हुँदा नगद जरिबाना गरिएको केन्द्रीय बैंकले जनाएको छ ।  बैंकका अनुसार बचतको कारोबार गर्ने लघुवित्तले २ र अन्यले ०.५ प्रतिशत अनिवार्य नगद मौज्दाता राख्नुपर्छ ।

फरवार्ड लघुवित्त वित्तीय संस्था २०८२ असार मसान्तमा न्यूनतम पूँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको केन्द्रीय बैंकले जनाएको छ । उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी धौलागिरी लघुवित्त वित्तीय संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पूँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको केन्द्रीय बैंकले जनाएको छ । तोकिए भन्दा न्यून पूँजी कोष भए पनि केन्द्रीय बैंकले धौलागिरीलाई शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरेको हो ।

त्यसैगरी मातृभूमि लघुवित्त वित्तीय संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पूँजी कोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको हुँदा शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरिएको  बैंकले जनाएको छ । एनआईसी लघुवित्त वित्तीय संस्थाले असार मसान्तमा न्यूनतम पूँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेपछि शीघ्र सुधारात्मक कारबाहीमा परेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि ५८ रुपैयाँ नगद जरिबाना गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

सञ्जीवनी लघुवित्त वित्तीय संस्थाले २०८२ चैत, २०८३ बैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि क्रमशः ७ सय १३, १ हजार ६७, १ हजार ४ सय १२ र एक हजार ४ सय १० रुपैयाँ नगद जरिबाना गरेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?