+
+

बर्दियामा पूर्वराज्यमन्त्री साह सवार गाडी दुर्घटना, ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १७:२६

२० पुस, सुर्खेत । बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँचजा घाइते भएका छन् ।

पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका–२ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा र पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले बताए ।

भट्टका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?