+
+

बेलायतमा पुनः देशव्यापी लकडाउन लागू

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते ७:३३

२१ पुस, काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका छन् ।

लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । बीबीसीका अनुसार बेलायतमा फेब्रुअरी महिनाको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ ।

प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘जसरी संक्रमण बढ्दै गएको छ, यसबाट स्पष्ट भएको छ हामीले अझै धेरै मेहनत गर्नु पर्ने भएको छ । त्यसैले देशव्यापी लकडाउन लागु गर्नु पर्यो ।’ उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन उनले अपिल गरे ।

बेलायतले कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड-एस्ट्राजेनेका लगाउन आरम्भ गरिसकेको छ । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?