+
+
Shares

बजार घट्दा पनि सेयर मूल्य धेरै बढेका ५ कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते १५:५१

२१ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो ।

समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये तीन उपसमूहहरु विकास बैंक, जलविद्यत र निर्जिवन बिमा बढ्दा बाँकी सबै समूह घटेर राताम्मे भए ।

बजार घट्दा पनि केहि कम्पनीहरुको सेयर मूल्यामा भने उछाल नै आयो । ७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।

हेर्नुस मंगलबार धेरै सेयर मूल्य बढेका ५ कम्पनीः

क्र.सं. कम्पनीको नाम बढेपछिको  मूल्य वृद्धि प्रतिशत
१. जनउत्थान लघुवित्त १८८१ ९.९९
२. नारायणी डेभलपमेन्ट बैंक ५२३ ९.८७
३. हिमाल दोलखा हाइड्रोपवार १३४ ९.८४
४. रिढी हाइड्रोपावर १५९ ९.६६
५. जोशी हाइड्रोपावर ११७ ९.३५

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?