
२१ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार ३ दशमलव ५४ अंकले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले ओरालो लाग्यो ।
समग्रमा बजार घट्दा कारोबार रकम ४ अर्ब ५६ करोडमा रोकियो । नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये तीन उपसमूहहरु विकास बैंक, जलविद्यत र निर्जिवन बिमा बढ्दा बाँकी सबै समूह घटेर राताम्मे भए ।
बजार घट्दा पनि केहि कम्पनीहरुको सेयर मूल्यामा भने उछाल नै आयो । ७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।
हेर्नुस मंगलबार धेरै सेयर मूल्य बढेका ५ कम्पनीः
क्र.सं. | कम्पनीको नाम | बढेपछिको मूल्य | वृद्धि प्रतिशत |
१. | जनउत्थान लघुवित्त | १८८१ | ९.९९ |
२. | नारायणी डेभलपमेन्ट बैंक | ५२३ | ९.८७ |
३. | हिमाल दोलखा हाइड्रोपवार | १३४ | ९.८४ |
४. | रिढी हाइड्रोपावर | १५९ | ९.६६ |
५. | जोशी हाइड्रोपावर | ११७ | ९.३५ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4