Comments Add Comment

सर्लाहीमा नालामा डुबेर बालकको मृत्यु

२२ पुस, जनकपुरधाम । सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका वडानम्बर-१ भेडहिया निवासी पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा मंगलबार साँझ नालामा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment