+
+
Shares

नहरमा डुबेर बालकको मृत्यु   

रासस रासस
२०८३ साउन १५ गते १२:२८
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको बुद्धशान्ति गाउँपालिका–६ मा रहेको सिँचाइ नहरमा डुबेर १० वर्षीय बालक विषम लिम्बूको मृत्यु भएको छ ।
  • घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि भद्रपुर पठाइएको छ ।
  • प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

१५ साउन, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालले बिहीबार दिउँसो करिब १ः३० बजे बुद्धशान्ति–६ टिमाइ खोलास्थित कप्तान जनसमूहको सिँचाइ नहरमा डुबेर बुद्धशान्ति गाउँपालिका–४ आइतबारे निवासी बुद्धिमान लिम्बूका १० वर्षीय छोरा विषम लिम्बूको मृत्यु भएको जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरीचौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर कटुवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?