२२ पुस, काठमाडौं । पाकिस्तानविरुद्धको दुई खेलको सिरिज क्लिन स्वीप गर्दै न्युजिल्याण्ड आईसीसी टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लेको छ ।
न्युजिल्याण्ड पहिलो पटक टेष्ट वरीयतामा पहिलो स्थानमा पुगेको हो । टेष्ट वरीयतामा न्युजिल्याण्डको ११८ रेटिङ छ । ११६ रेटिङ रहेको अष्ट्रलियाले दोस्रो स्थानमा झरेको छ ।
पाकिस्तान विरुद्धको दोस्रो टेष्ट इनिङ्स र १७६ रनले जित्दै न्युजिल्याण्ड सिरिज आफ्नो पक्षमा पारेको हो ।
केल जेमिसनले उत्कृष्ट बलिङ गर्दै एक्लैले ६ विकेट लिएपछि पाकिस्तानलाई दोस्रो इनिङ्समा १८६ रनमा अलआउट गर्दै न्युजिल्याण्ड चौथो दिनमै विजयी भएको हो ।
८/१ बाट चौथो दिनको खेल अघि बढाएको पाकिस्तानले थप १७८ रन जोड्दै ९ विकेट गुमायो ।
पाकिस्तानका लागि अजर अली र जफर गोहरले समान ३७ रन बनाए । यस्तै फहिम अस्रफले २८ र अबिद अलीले २६ रन जोडे ।
पाकिस्तानलाई अलआउट गर्न न्युजिल्याण्डका केल जेमिसनले २० ओभरमा ६ मेडन राख्दै ४८ रन खर्चेर ६ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले ३ विकेट लिए । कप्तान केन विलियम्सनले १ विकेट लिए ।
कप्तानको रुपमा वर्ष २०२१ टेष्ट विकेट लिने विलियम्सन पहिलो खेलाडी समेत उनले । उनले पाकिस्तानका शाहीन अफ्रिदीलाई रोस टेलरबाट क्याचआउट गराए ।
क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा २९७ रन बनाएको थियो । कप्तान विलियम्सनको दोहोरो शतक तथा हेनरी निकोल्स र डाएल मिचेलको शतक मद्दतमा न्युजिल्याण्डले पहिलो इनिङ्समा ६ विकेट गुमाएर ६५९ रन बनाउदै इनिङ्स डिक्लेयर गरेको थियो ।
खेलमा ११ विकेट लिएका न्युजिल्याण्डका केल जेमिसन म्यान अफ दि म्याच घोषित भए । उनले पहिलो इनिङ्समा ५ विकेट लिएका थिए । सिरिजमा उनले कूल १६ विकेट लिए ।
यस्तै सिरिजभर कूल ३८८ रन बनाएका कप्तान विलियम्सन प्लेअर अफ दि सिरिज घोषित भए ।
प्रतिक्रिया 4