२२ पुस, काठमाडौं । अस्ट्रेलिया विरुद्धकाे तेस्राे टेष्टका लागि भारतीय टाेली घाेषणा भएकाे छ । जसमा नवदिप सैनीले टेष्ट डेब्यु गर्दैछन्।
यसअघि टिममा नियमित खेल्दै आएका फास्ट बलर उमेश यादप घाइते भई टिमबाट बाहिरिपछि सैनीले पहिलाे पटक टेष्टकाे प्लेइङ ११ मा स्थान बनाएका हुन् ।
यस्तै राेहित शर्मा पनि टिममा परेका छन् । उनले ओपनर मायांक अग्रवालकाे स्थानमा ओपनिङ गर्नेछन् । कप्तान अजिन्का रहानेले राहितले ओपनिङ गर्ने बताएका हुन् ।
भारतकाे प्लेइङ सेटमा रहेका अन्य खेलाडीमा शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, जसप्रित बुमराह र माेहम्मद सिराज छन् ।
भारत र अस्ट्रेलिया बीचकाे तेसाे टेष्ट बुधबार सिड्नीमा सुरु हुँदैछ । चार खेलकाे सिरिजमा दुवै टिमले १-१ खेल जितेका छन् ।
 
                    










 २०७७ पुष  २२ गते १४:००
                        २०७७ पुष  २२ गते १४:००                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4