Comments Add Comment

पैदल हिँडेर राजीनामा बुझाउन गए सुदूरपश्चिमका अर्थमन्त्री बोहरा

२२ पुस, कैलाली । प्रदेशमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका सुदूरपश्चिम प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री झपट बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफ्नो राजीनामा बुझाएका छन् ।

राजीनामा दिएपछि सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउँदै उनी पैदल हिँडेरै राजनीमा बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

बोहरासँगै ओली समूहका पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिँह बोहरासमेत मुख्यमन्त्री कार्यालयमा हिँडेरै पुगेका थिए ।

प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा पनि मुख्यमन्त्री कार्यालयमा मन्त्री बोहरासँगै गएका थिए ।

बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए ।

सरकारी सुविधामा गाडी र पारिश्रमिक लिएका बोहरा मन्त्री भएपछि पनि आफ्नै निवासमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment