Comments Add Comment

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना

२३ पुस, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने छन् ।

नियमित कार्यसूचीका साथै सांसदहरुले संसद विघटनपछि देशको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन् ।

प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक राष्ट्रियसभाको बैठक यही पुस १७ गते बसेको थियो । स्थायी सदन भएकाले राष्ट्रियसभा भने विघटन गर्न मिल्दैन ।

यो पनि पढ्नुहोस राष्ट्रिय सभा : अधिवेशन सुरु हुन नपाई अन्त्यको हतारो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment