Comments Add Comment

पीएम कप छनोट : प्रदेश २ को सेमिफाइनल र फाइनल खेलको मिति तय

२३ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश २ स्तरीय छनोटको सेमिफाइल र फाइनल खेलको मिति सार्वजनिक भएको छ । समूह चरणका खेलहरु यसअघि नै सकिए पनि सेमिफाइनल र फाइनल खेलहरु अर्को सूचना नभएसम्मका लागि प्रदेश २ क्रिकेट संघले स्थगित गरेको थियो ।

प्रदेश २ ले बुधबार स्थगित सेमिफाइनल र फाइनल खेलको तालिका सार्वजनिक गरेको हो । जसअनुसार सेमिफाइनल खेल पुस २६ र २७ गते हुनेछ भने फाइनल खेल पुस २८ गते हुनेछ ।

पहिलो सेमिफाइनलमा पर्सा र धनुषा तथा दोस्रो सेमिफाइनलमा बारा र सप्तरी भिड्नेछन् । दुवै खेलको विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

बाँकी खेलहरु बारामा हुने प्रदेश २ क्रिकेट संघले जनाएको छ ।

यस्तै लुम्बिनी प्रदेश र कर्णाली प्रदेको छनोट खेल यही पुस २४ गतेदेखि सुरु हुँदैछ । प्रदेश १ स्तरिय छनोटको उपाधि मोरङले जितेको थियो भने बागमती प्रदेश स्तरीय छनोटको उपाधि चितवनले जितेको छ । यस्तै गण्डकी प्रदेश छनोटको उपाधि कास्कीले जितेको छ । यस्तै सुदूरपश्चिम प्रदेश छनोट अछाम जिल्लाले जितेको थियो ।

चार वटा प्रदेशको छनोट प्रतियोगिता सकिएको छ भने प्रदेश २ को सेमिफाइनल र फाइनल खेल बाँकी छ । यस्तै लुम्बिनी र कर्णाली प्रदेशको संयुक्त छनोट माघ १ गते सकिनेछ ।

नेपाल क्रिकेट संघ क्यानले पिएम कप महिला राष्ट्रिय टी-२० क्रिकेट गरिसकेको छ । अब पुरुषको प्रतियोगिता हुन बाँकी छ । प्रदेश स्तरीय छनोट प्रतियोगिता सकिएपछि माघ पहिलो सातादेखि पिएम कप पुरुष राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा क्यान छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपको आर्थिक सहयोगमा क्यानले पिएम कप राष्ट्रिय क्रिकेट आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment