Comments Add Comment

कोरोनाको कथामा छोटो फिल्म ‘सहारा’ रिलिज

छोटो चलचत्रि ‘सहारा’ रिलिज गरिएको छ । कोरोना महामारीको कथामा निर्माण भएको यो छोटो चलचित्रले बेरोजगार, मानिसहरुको सम्बन्धमा पारेको असरलाई उठाएको छ । यो छोटो चलचित्रमा ध्रुव दत्त, श्रृजना निङ्गलेकु, पुरु राइको अभिनय छ ।

यो चलचित्रको लेखन तथा निर्देशन पुरु राइले गरेका छन् । कोरोना भाइरसका कारण बढेको बेरोजगारी, बेरोजगारीका कारण एक जोडीमा उत्पन्न भएको विभिन्न समस्यालाई यसले उठान गरेको छ ।

छोटो चलचित्र ‘सहारा’मा छायांकन तथा सम्पादन कुशल श्रेष्ठको छ । टुवाई ब्यानरमा निर्माण भएको चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment