Comments Add Comment

मोडेर्नाको खोप एकपटक लगाए दुई वर्षसम्म ढुक्क !

२३ पुस, काठमाडौं । अमेरिकी खोप निर्माता कम्पनी मोडेर्नाले आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले दुई वर्षसम्म सुरक्षा दिने दाबी गरेको छ । मोडेर्नाका प्रमुख कार्यकारी अधिकृतले बिहीबार यस विषयमा अझै धेरै डेटाहरुको अध्ययन गर्न बाँकी भए पनि खोपले दुई वर्षसम्म सुरक्षा दिन सक्ने देखिएको बताएका हुन् । गत वर्ष कम्पनीले कोरोनाविरुद्धको खोपले केही सातासम्म मात्र सुरक्षा दिन सक्ने बताएको थियो ।

अहिले विश्वभर कोरोना खोपले कति समयसम्म सुरक्षा दिन सक्छ भन्ने विषयमा आशंका उत्पन्न भइरहेको अवस्थामा मोडेर्नाले यस्तो दाबी गरेको हो । मोडेर्नाका सीईओ स्टेफेन बान्सेलले यसअघि दुई महिनासम्म मात्र कोरोनाविरुद्धको एन्टिबडी कायम रहने हल्ला फैलिएको भए पनि मानिसहरुमा एन्टिबडी कम हुने क्रम निकै सुस्त देखिएको बताएका हुन् । साथै यसको आधारमा दुई वर्षसम्म यसले मानिसहरुलाई सुरक्षा दिने उनको भनाइ छ ।

बान्सेलका अनुसार मोडेर्नाको खोप कोरोनाको नयाँ प्रकारको लागि पनि प्रभावकारी रहने बताएका छन् । वैज्ञानिकहरुले पनि यो खोप दुवै प्रकारका कोरोनाको लागि प्रभावकारी हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment