Comments Add Comment

केपी ओलीलाई युगौंयुगसम्म नेपालीहरूले सम्झिरहने छन् : सांसद भट्टराई

२३ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीहरूले युगौंयुगसम्म सम्झिरहने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, ‘चीनसँगको पारवहन सम्झौताले गर्दा नेपालले कहिल्यै नाकाबन्दीको सामना गर्नु नपर्ने भएको छ । केपी ओलीको यो गुण नेपालीहरूले युग–युगसम्म नेपालीहरूले सम्झिरहने छन् ।’

ओली नेतृत्वको सरकारले गर्व गर्न लायक प्रशस्त काम गरेको नेकपा ओली पक्षका सांसद भट्टराईको भनाइ छ । तुइन युगको समाप्ति, लोडसेडिङ अन्त्य, संघीयताको संस्थागत विकास, सुरक्षा अंगको व्यवस्थापन, धरहरा निर्माण अन्तिम चरणमा पुगेको र मेलम्ची निर्माण कार्य अन्तिम चरणमा पुगेको बैठकमा उनले बताए ।

सरकारको संसद संसद विघटनको निर्णय संविधान बमोजिम भएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment