+
+
Shares

यसरी शव व्यवस्थापन गर्छन् महिला सैनिक (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते १८:३९

२३ पुस, काठमाडौं । कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनाले महिला सैनिकलाई समेत अघि सारेको छ ।

उपत्यका पृतना अन्तरगतका युनिटलाई क्रमागत रुपमा दिइने जिम्मेवारी अनुसार महिला मात्र रहेको गोरखकाली गुल्मका सैनिकहरुले शव व्यवस्थापन गर्ने गरेका छन् ।

हरेक सैनिक कार्यमा महिला सहभागितालाई बढाउँदै लैजाने सेनाको समावेशिताको नीति अनुसार महिलालाई शव व्यवस्थापनमा खटाइएको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेल भन्छन्, ‘गत २६ असोजदेखि नै महिला सैनिकको टोलीले शव व्यवस्थापन गरिरहेको छ ।’

महिला मलामी जानुहुन्न भन्ने परम्परागत मान्यतालाई तोड्दै संकटको समयमा खटिँदा गर्व महसुस भएको महिला सैनिकहरु बताउँछन् । स्वच्छाले शव व्यवस्थापनमा खटिएको बताउने सैनिकहरुलाई दुई हप्तासम्म तालिम दिएर कार्यक्षेत्रमा पठाइएको अधिकृतहरु बताउँछन् ।

हालसम्म नेपाली सेनाले झण्डै ३ हजार शव व्यवस्थापन गरिसकेको छ ।

तस्वीरहरुः आर्यन धिमाल/अनलाइनखबर

     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?